बिएल संवाददाता
रौतहटमा हावाहुरी र वर्षाले करोडौंको काँचो इट्टा क्षति भएको छ।
वैशाख १४ गते साँझको हावाहुरी र वर्षाले पोल्नको लागि तयार पारिएको काँचो ईटा गलेर ४ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको हो।
वर्षभरी बेच्नका लागी तयार भईरहेको इट्टा पानीले नष्ट गरेपछि इट्टा व्यवसायीहरू आर्थिक समस्यामा परेका हुन्।
यहाँका बीके इट्टा उद्योग, बिर इट्टा उद्योग, पूजा इट्टा उद्योग, एमबीआई इट्टा उद्योग, सोना इट्टा उद्योग, रामजानकी इट्टा उद्योग लगायत ४० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण क्षति भएको रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपीएल ईटा उद्योगका सञ्चालक रामबिनोद साहले बताए।
विभिन्न स्थानका उद्योगहरूमा करिब ११ लाख भन्दा बढी काँचो इट्टा नष्ट भएको उनले जानकारी दिए। ‘प्रत्येक काँचो इट्टाको लागत औसतमा ३ रुपैयाँ भन्दा बढी पर्छ,’ उनले भने, ‘यो आँकडाले करिब ४ करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।’
प्रत्येक वर्ष हिउँदे वर्षाका कारण इट्टामा क्षति पुग्ने गरेको इट्टा उद्योगी व्यवसायीहरू बताउँछन्। बेमौसमी वर्षाले यहाँका प्रत्येक इट्टा उद्योगमा १० देखि ५५ लाख रुपैयाँ सम्मको क्षति भएको रौतहट इट्टा उद्योग व्यवसायी संघले जनाएको छ।
कृष्णा इट्टा उद्योगका सञ्चालक प्रेमशंकर यादवका अनुसार १० लाखभन्दा बढी काँचो इट्टा गलेर नष्ट भएको छ।
यो पटकको हावाहुरी र वर्षाले करीब ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले गुनासो गरे। इट्टा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।
इट्टा उद्योगको बिमा नहुँदा समस्या भएकाले बीमा प्रणालीको व्यवस्था गर्न सम्बन्धित पक्षहरूलाई संघले बारम्बार आग्रह गर्दै आएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया