बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारीमा रहेका उनलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवन पुगेका थिए।
उनलाई पक्राउको कारण खुलाइएको छैन। फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। उनलाई डिल्लीबजार कारागारमा लैजान लागिएको प्रहरीले बताएको छ।
२०७२ साल भदौमा भएको टीकापुर नरसंहारको मुख्य आरोपी चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर, २०८० सालको गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएका थिए। त्यतिबेलासम्म उनले ५ वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका थिए।
चौधरीलाई आममाफी दिएपछि नरसंहारमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया