बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।
उनको व्यक्तिगत सनकले पत्र काटेको पुष्टि भएपछि प्रहरीले उनलाई थप छानबिनका लागि पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ परेपछि उनले ‘टिकापुर घटनामा रेशमद्वारा मारिएका व्यक्तिहरूका आत्माले भतभती पोलेपछि आफ्नै निर्णयले पक्राउ गर्नु भनि पत्र लेखेको हुँ’ भनि गैरजिम्मेवार बयान दिएका छन्।
उनले काटेको पत्रको आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिसकेको छ।
उनले काटेको पत्र विवादित भएपछि सर्वोच्च अदालतमै उच्चस्तरीय छलफल सुरु भइसकेको छ।
प्रहरी उच्च स्रोतका अनुुसार पत्र बोकेर विष्ट आफैं प्रहरी परिसर उपस्थित भएका थिए। सर्वोच्च अदालतमै यस विषय विवादित बनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया