बिएल संवाददाता
हृदयेन्द्रलाई ओलीको सुझाव– कला क्षेत्रमै आए राम्रो हुन्छ, राजा बन्ने सपना नदेख्नू
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन्।
बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अभिनेत्री सुरक्षा पन्तलाई समर्थन गर्दै पूर्वयुवराज पारसका छोरा पूर्वनवयुवराज हृदयेन्द्रलाई यस्तो सुझाव दिएका हुन्।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्रलाई फिल्म इन्डस्ट्रीमा आउन सुझाव दिएपछि सामाजिक सञ्जालमा उनको व्यापक विरोध भइरहेको छ।
ओलीले स्वतन्त्र विचार राख्दैमा कलाकारहरूमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताउँदै पन्तको भनाइमा समर्थन गरे। उनले पूर्वनवयुवराज हृदयेन्द्रलाई राजा हुने सपना नदेख्न पनि चेतावनी दिँदै त्यस्तो सपना देखे त्यो सपनै सपनामा जिन्दगी जाने बताए।
‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ। रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा? त्यति राम्रो भनेको छ। म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ। अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ। त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया