बिएल संवाददाता
हृदयेन्द्रलाई ओलीको सुझाव– कला क्षेत्रमै आए राम्रो हुन्छ, राजा बन्ने सपना नदेख्नू
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन्।
बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अभिनेत्री सुरक्षा पन्तलाई समर्थन गर्दै पूर्वयुवराज पारसका छोरा पूर्वनवयुवराज हृदयेन्द्रलाई यस्तो सुझाव दिएका हुन्।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्रलाई फिल्म इन्डस्ट्रीमा आउन सुझाव दिएपछि सामाजिक सञ्जालमा उनको व्यापक विरोध भइरहेको छ।
ओलीले स्वतन्त्र विचार राख्दैमा कलाकारहरूमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताउँदै पन्तको भनाइमा समर्थन गरे। उनले पूर्वनवयुवराज हृदयेन्द्रलाई राजा हुने सपना नदेख्न पनि चेतावनी दिँदै त्यस्तो सपना देखे त्यो सपनै सपनामा जिन्दगी जाने बताए।
‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ। रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा? त्यति राम्रो भनेको छ। म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ। अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ। त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया