बिएल संवाददाता
जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ।
बुधबार सामाजिक सञ्जालमा नेतृ यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो बाहिरिएको थियो। भिडियो भाइरल भएपछि यादवले भने खेलौना पेस्तोल भएको बताएकी छन्।
भिडियोमा उनीसँगै अन्य मानिसहरू पनि धुमधाम नाचिरहेका देखिन्छन्। पेस्तोल हल्लाउँदै देखिएकी उनले आकाशतिर पेस्तोल फर्काउँदै फायर खोल्छिन्। गोली पड्किएपछि धुवाँ उडेको र आँखा पोलेर आँखा मिच्दै गरेको देखिन्छ। यत्तिकैमा एक युवकले उनको हातबाट पेस्तोल लिन्छन्। फुक्दै चिस्याउने प्रयास गर्छन्।
भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ। भिडियो कहाँको र कहिलेको हो भन्ने खुलिसकेको छैन।
सप्तरीको बोदे बरसाईन नगरपालिका-५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया