बिएल संवाददाता
जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि प्रहरीले सोधपुछका लागि बोलाएको छ।
बुधबार सामाजिक सञ्जालमा नेतृ यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो बाहिरिएको थियो। भिडियो भाइरल भएपछि यादवले भने खेलौना पेस्तोल भएको बताएकी छन्।
भिडियोमा उनीसँगै अन्य मानिसहरू पनि धुमधाम नाचिरहेका देखिन्छन्। पेस्तोल हल्लाउँदै देखिएकी उनले आकाशतिर पेस्तोल फर्काउँदै फायर खोल्छिन्। गोली पड्किएपछि धुवाँ उडेको र आँखा पोलेर आँखा मिच्दै गरेको देखिन्छ। यत्तिकैमा एक युवकले उनको हातबाट पेस्तोल लिन्छन्। फुक्दै चिस्याउने प्रयास गर्छन्।
भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको छ। भिडियो कहाँको र कहिलेको हो भन्ने खुलिसकेको छैन।
सप्तरीको बोदे बरसाईन नगरपालिका-५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया