बिएल संवाददाता
राजनीतिमा खासै चासो नभएका पूर्वनवयुवराज हृदयन्द्र शाहलाई अनावश्यक रुपमा बहसमा तान्ने प्रयास भएपछि प्रतिक्रिया दिएका छन्।
केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वातामा हृदयन्द्रलाई फिल्म क्षेत्रमा आउन सुझाव दिएपछि उनी विवादित बनिन्। उनीमाथि सामाजिक सञ्जालमा आक्रमण भयो। उनको चलचित्र बहिष्कार अभियान नै चल्यो।
राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहपछि राजाको रोलक्रममा राखेका हृदयन्द्रलाई फिल्म खेल्न सुझाव दिएपछि राजावादीहरूलाई असह्य भयो र उनीमाथि गालिगलौज गरे।
यता प्रधानमन्त्री केपी ओलीले नाति उमेरका र राजनीतिमा चासो नै नभएका हृदयन्द्रलाई ‘राजा बन्ने सपना नदेख्न’ भन्दै अनावश्यक र बेतुकको सस्तो चेतावनी नै दिन भ्याए।
चारैतिर बहसको केन्द्रमा परेपछि पूर्वनवयुवराज हृदयन्द्रले सामाजिक सञ्जाल इन्टाग्राममार्फत प्रतिक्रिया दिएका छन्। २८ हजार बढी फलोअर्स भएको उनको इन्टाग्राम अकाउन्ट छ।
उनले सोही सञ्जालको प्रयोग गर्दै उनले विभाजनको रेखा कोरिरहेको नेपाली समाजमाथि भद्र प्रहार गरेका छन्। उनले सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार रहेको बताउँदै नेपालीहरूले एक-अर्कालाई तल झार्नेभन्दा सहयोग गर्नुपर्ने सन्देश दिएका छन्।
उनले भनेका छन्, ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ। हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ र सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ। दयालुपन फैलाऔँ। नेपालीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्ने। जय नेपाल।’
२२ वर्षीय हृदयन्द्र अहिले स्नातकोत्तर अध्ययनका लागि मेरिकाको बोस्टनमा छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया