बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
बिहीबार १३६औं मे दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरूमा फेरि एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा दुनियाँका कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए।
उनले भने,‘तपाईहरू राम्रो तयारीमा बस्नुहोस्। हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ। एकचोटी क्रान्ति गर्ने छौं। त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ। तर राज्य र सरकारमा भएकाहरुले यदि शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गर्ने गल्ती गरे भने, दमनद्धारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन्। नेपालमा पनि सक्दैन।’
उनले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए।
उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समिक्षा आवश्यक रहेको धारणा राखे।
अध्यक्ष प्रचण्डले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिक विरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे।
उनले राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारिएको स्मरण गरे।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया