बिएल संवाददाता
नेकपा एमालेका सांसद सूर्य थापा बामदेव गौतमलाई भेट्न बिहानै उनको निवास पुगेका छन्। भैसेपाटीस्थित गौतम निवासमा पुगेर थापाले बिहानै केही तस्विरहरू सार्वजनिक गरे।
त्यो भेटलाई उनले ‘महत्वपूर्ण’ पनि भनेका छन्। थापा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकै विश्वासिला पात्र पनि हुन्।
‘मूलतः प्युठानमा उहॅाको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउॅदो- जाग्दो नै रहेको छ’ भेटपछि तस्विरहरू सार्वजनिक गर्दै थापाले लेखेका छन् ‘हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुबैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं।’
शुक्रबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न बोलाइएको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँगसँगै सिटमा बसेका थिए।
त्यो तस्विर सामाजिक सञ्जालमा तुरन्तै भाइरल भयो। र एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालाले त्यसलाई ‘एकताको सन्देश’ भनेर टिप्पणी गरेका थिए।
तत्कालीन ‘नेकपा’बाट अलग भएपछि माधव नेपालले एकीकृत समाजवादी पार्टी बनाएका थिए। पछि सर्वोच्चको फैसलाले नेकपामा मिसिएको माओवादी र नेकपा एमालेको पनि आआफ्नै हैसियत कायम भएको थियो।
त्यसपछि बामदेव भने माधव नेपालको पार्टीमा पनि गएनन् र एमालेमा पनि फर्किएनन्। नेकपा एकीकृत समाजवादी र नेकपा एमाले दुबैले गौतमलाई आफ्नै पार्टीमा मिलाउन खोजिरहेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया