बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले केपी ओलीले संसद विघटन गरेकोमा माफी नमागेसम्म एमालेसँग एकता हुन नसक्ने बताएका छन्।
शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले प्रधानमन्त्री ओलीलाई भेटेको कुरालाई जोडेर ‘एमालेसँग एकता हुँदैछ’ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे।
उनले भने, ‘हामीले बजेटको विषयमा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएका थियौं। त्यसलाई तोडमोड गरेर केहीले अब माधव नेपालको मिलन हुनेभयो भन्दै प्रचार गरे।’
उनले ओलीले गरेको संसद विघटन अपराध भएको टिप्पणी गर्दै अपराधको माफी माग्नुपर्ने बताए।
‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रोबीचमा एकता हुँदैन, कहिल्यै एकता हुँदैन,’ उनले भने।
उनले पार्टीका कोही नेतालाई एमालेसँग मिल्न पाए हुन्थ्यो भन्ने लागे बाटो तताए हुने चेतावनी दिए।
उनले भने, ‘कोही-कोही नेतालाई एमालेसँग मिल्न पाए हुन्थ्यो भन्ने रहर पनि लाग्ला। त्यस्तो लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ। हामी गलत निर्णयसँग सहमत हुन सक्दैनौँ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया