बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हाम्रो समाजमा वर्गीय समस्या र जातिय समस्या अझैं रहेको बताएका छन्।
नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताए।
उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए।
उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टी आफ्नो तरिकाबाट भूमिका खेलिरहेको छ। अहिले राजावादी शक्तिहरूले टाउको उठाउन खोजेका छन्। झण्डै उनीहरू हावी होलान की भन्ने भइसक्या थियो। त्यस्तो बेलामा हामीले समाजवादी मोर्चालाई अगाडि बढाएर चारवटा वामपन्थी पार्टीहरू एक ठाउँमा जम्मा भएर हामीले सोच्यौं राष्ट्रिय राजनीतिको एजेण्डा, यो संविधान जोगाउने एजेण्डा, यो गणतन्त्र बचाउने एजेण्डा।’
अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालाई अगाडि बढाउने स्पष्ट पारे। उनले पार्टी सानो वा कमजोर भएको मानसिकता त्याग्नुपर्नेमा जोड दिए। उनले अरूलाई सिध्याएर नभइ, प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्दै अगाडि बढ्ने बताउँदै पार्टीको भूमिकालाई अझ सशक्त बनाउन कार्यकर्ताहरूलाई सक्रिय रहन आग्रह गरे।
उनले भने, ‘हाम्रो चुप लागेर बस्ने पार्टी होइन। हामी गतिशिलतामा विश्वास गर्छौं, हामी क्रियाशिलतामा विश्वास गर्छौं, हामी जनतासँग एकाकार हुन चाहन्छौं, जनताको पीडा र वेदनालाई आफ्नो पीडा र आफ्नो वेदना ठान्दछौं।’
उनले थपे, ‘हामी प्रतिस्पर्धाको राजनीति बाटै अगाडि बढ्छौं। बहुदलिय प्रतिस्पर्धा बाटै अगाडि बढ्छौं, निर्दलीय, एकदलीय शासनको पक्षमा हुने छैनौं, प्रतिस्पर्धामा चुनौति दिन्छौं, विचार, व्यवहारको प्रतिस्पर्धा र जनताको समस्यालाई सम्बोधन गर्ने प्रतिस्पर्धामा यी सबै कामहरूबाट आफ्नो श्रेष्ठता हासिल गर्छौं। गणतन्त्रमाथि जब खतरा आयो अरुले मत्तलब राखेनन। हामीले चासो राख्यौं। हाम्रो पार्टी सानो छ, कमजोर छ भन्ने पराजित मानसिकताबाट हामी मुक्त हुनुपर्छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया