बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा थाइल्याण्डका लोकेन्द्र ओली निर्विरोध निर्वाचित भएका छन्।
एनआरएनए थाइल्याण्डको इतिहासमै यो पहिलो पटक हो, जहाँ प्रतिनिधिले क्षेत्रीय तहमा कुनै प्रतिस्पर्धा बिना निर्वाचित हुने अवसर प्राप्त गरे।
एनआरएनएको शुद्धिकरण, भावनात्मक एकता, आर्थिक पारदर्शिता र ‘एनआरएनए-मित्र’ अवधारणालाई प्राथमिकतामा राख्दै ओलीले एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिएका थिए।
काठमाडौंमा जारी एकता महाधिवेशनबाट एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमा डा. बलराम श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा ओलीसहित रामप्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन्।
थाइल्याण्डमा ‘प्रवासी पत्रकार’ तथा युवा समाजसेवीका रुपमा चिनिएका ओली दक्षिणपूर्वी एसियाली क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा लोकप्रिय छन्।
उनी थाइल्याण्डमा नेपाली भाषा-साहित्य र कला-संस्कृति जगेर्ना गर्ने उदेश्यले दिनरात नभनी खटिएका युवा पुस्ताका प्रवासी नेपाली हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया