बिएल संवाददाता
जनकपुरमा जारी एमाले धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ।
निर्वाचन हुने भनिएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिसरमा एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो।
ढुङ्गा र रडले हानाहान हुनुका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरूमा तोडफोड र हानाहान भएको हो। झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन्। केहीको टाउको फुटेको प्रहरीले बताएको छ। घाइतेहरूको विवरण आउन बाँकी छ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुईपक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो। त्यसपछि विवादले उग्र रुप लिएको छ।
गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो।
सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो।
आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहलेसम्म मतदान सुरु हुन सकेको छैन। असन्तुष्ट पक्षहरूबीच मतदानस्थलमा झडप भएको हो।
सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया