बिएल संवाददाता
बुधबार बिहान माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शौचालयमा लडेको खबर एकाएक भाइरल भयो।
माओवादी नेताहरूले प्रचण्ड आफ्नै निवासको बाथरुपमा लडेको दाबी गरे।
प्रचण्डपुत्री गंगा दाहालले मंगलबार राति वाथरुममा चिप्लिएर लडेपछि त्यही बेला उनलाई मेडिसिटी अस्पताल लगिएको जानकारी गराएकी थिइन्।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु’ गंगाले भनेकी थिइन्, ‘बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’
प्रचण्डको टाउको र निधारमा चोट लागेको र केही टाँका पनि लगाउनु परेको परेको बताइएको छ।
तर प्रचण्ड आफ्नै निवासमा नभइ ललितपुरमा रहेको विलासी पर्यटकहरूका लागि खोलिएको ‘टेरेस रिसोर्ट’ एण्ड स्पामा लडेको प्रचण्डनिकट स्रोतले बताएको छ।
आखिर कहाँ छ विलासी पर्यटकहरूका लागि बनेको ‘टेरेस रिसोर्ट’ एण्ड स्पा?
प्रचण्ड लडेको रिसोर्ट छ ललितपुरको लाकुरी भञ्ज्याङमा। उक्त रिसोर्ट करिब एक सय करोड भन्दा बढी लगानीमा विलासी पर्यटकहरूलाई लक्षित गरी खोलिएको हो।
के छ सुविधा?
उक्त रिसोर्टमा २८ वटा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट रुमसहित स्पाको पनि सुविधा छ।
कति पर्छ प्रति रातको?
विभिन्न प्रि-बुकिङ वेभसाइटमा उल्लेख गरिएअनुसार सबैभन्दा सस्तो स्यान्डर्ड रुमको मुल्य प्रतिरात २५ हजार नेपाली रुपैयाँ पर्छ।
त्यस्तै डिलक्स रुमको मुल्य ३० हजार र सुइट रुमको प्रतिरात ६५ हजार नेपाली रुपैयाँ उल्लेख छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया