बिएल संवाददाता
भारतले पाकिस्तानमा गरेको सैन्य कारबाही ‘अपरेसन सिन्धूर’को प्रतिक्रियामा पाकिस्तानले जवाफी कारबाही थालेको छ।
जम्मू-कश्मीरको सीमा रेखा नजिकको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएका र ५० बढी घाइते भएका पाकिस्तानी मिडियाले जनाएका छन्।
पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाम जोडेर पाकिस्तानमाथि भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन्।
पाकिस्तानले जवाफी कारबाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै भारतको रक्षा मन्त्रालयले जल, थल र हवाइ सेनालाई हाइ अलर्टमा राखेको हो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया