बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाकिस्तानी आतंकवादविरुद्ध भारतले थालेको लडाइँमा साथ दिनुपर्ने अभिव्यक्ति दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतलाई मात्र नभएर आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताएका हुन्।
उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले हामी जोखिमयुक्त अवस्थामा छौं भन्ने हामीलाई लागेको छ। यो समयको जटिलताको सामना गर्न सरकार तयारी रहोस् भनेर अनुरोध गर्न चाहन्छु। साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ।’
त्यस्तै उनले धितोपत्र बोर्डको अध्यक्षले कमिसनको काण्डबारे छानबिन गर्न, अख्तियार प्रमुखले भ्रष्टाचारको पैसा विदेशबाट फिर्ता ल्याउन सकिएन भनेर दिइएको अभिव्यक्तिलाई पनि ध्यान दिन, र चाँडै गभर्नर नियुक्त गर्न सरकारलाई ध्यानाकर्षण गराए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया