बिएल संवाददाता
भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
बैशाख २४ गते बिहान करिब साढे ४ बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरूको साथबाट ONEREX-१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०-१२० बोतल फेला परेको छ।
त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ।
प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१-००४ प ५९८५ र स३प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी)समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया