बिएल संवाददाता
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईविरुद्ध उनकै गृह जिल्ला खोटाङमा नाराबाजी भएको छ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका राईविरुद्ध बिहीबार गृह जिल्ला खोटाङमा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन्।
खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका राईले दादागिरि देखाएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए। उनलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वको टोलीले विरोध गरेको हो।
मन्त्री राईले गृहजिल्लामा आफू खुसी काम गरेको र तल्लो स्तरका कार्यकर्ताहरूसँग समन्वय नगरी जथाभावी काम गरेको भन्दै आक्रोशित बनेका अध्यक्ष राईको टोलीले उनीविरुद्ध नाराबाजी गरेको हो।
आफ्नै कार्यकर्ताको घेराबन्दीमा परेका राईलाई डीएसपी नेतृत्वको प्रहरी टोलीले सुरक्षा दिनुपरेको थियो। मन्त्री राईले दादागिरी देखाएको भन्दै नेपाली कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित रवि प्रकाश राईले उनलाई कार्यक्रम गर्नबाट रोक गरेका थिए।
त्यसपछि मन्त्री राईले अर्को स्थानमा कार्यक्रमको आयोजना गरेका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया