बिएल संवाददाता
भारतीय आक्रमण र ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानी सेनाले ‘अपरेशन बुनयान अल-मार्सस’ सुरु गरेको छ।
भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत मे ७ मा पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेको थियो। पाकिस्तानका ९ स्थानका आतंकी ठेगानामा हमला गरेको र कयौं आतंककारीहरू मारिएका र आतंकी संरचना ध्वस्त पारेको भारतको दाबी थियो।
त्यसअघि र पछि पनि दुवै सेनाबीच गोली हानाहान भइरहेको छ। दुवै देशका सेनाले एकअर्को देशमाथि ड्रोन र क्षेप्यास्त्र हानिरहेका छन्। तर त्यसको यकीन विवरणहरू भने दुवैले सार्वजनिक गरिसकेका छैनन्। दुवैले एकअर्काका लडाकु विमान र ड्रोनहरू नष्ट गरेको जनाएका छन्।
यसबीचमा पाकिस्तानी सेनाका एकजना प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले भारतका तीन सैन्य हवाई शिविरहरूमा क्षेप्यास्त्र हानेको बताएका छन्।
गत अप्रिल २२ मा भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंककारीहरूले एकजना नेपालीसहित २६ जना पर्यटकको हत्या गरेपछि दुवै भारत र पाकिस्तानीबीच तनाव चुलिएको थियो। भारतले त्यसको बदलामा पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेपछि पाकिस्तानले पनि जवाफी कारबाहीमा ‘अपरेशन बुनयान अल-मार्सस’ सुरु गरेको हो।
के हो ‘अपरेशन बुनयान अल-मार्सस’को अर्थ?
अपरेशन ‘बुनयान अल-मार्सस’ नाम इस्लामको पवित्र ग्रन्थ कुरानको एउटा आयतबाट लिइएको हो। न्यूयोर्क टाइम्सका अनुसार यसको अर्थ ‘एक दृढ र बलियो संरचना’ हो।
अल जजीराको रिपोर्टअनुसार ‘बुनयान मार्सस’ एक अरबी वाक्यांश हो जसको प्रत्यक्ष अनुवाद ‘सिसाबाट बनेको संरचना’ हो। रिपोर्टले यो पनि थप्यो कि नाम जुन पदबाट लिइएको हो त्यसमा लेखिएको छ, ‘अल्लाहले साँच्चै युद्धको पङ्क्तिमा उहाँको मार्गमा लड्नेहरूलाई माया गर्नुहुन्छ, मानौं तिनीहरू एक ठोस सिमेन्टेड संरचना हुन्।’
त्यस्तै धेरै रिपोर्टहरूले यस अपरेशनसको नाम फरक-फरक व्याख्या गरेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया