बिएल संवाददाता
मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईंमा मधेश प्रदेश भारतको साथमा रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाईं कुनै एक देशको मात्र नभई सबैको साझा लडाईं भएको बताए। उनले आतङ्ककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन्। उनले मधेश प्रदेश र प्रदेशका जनता सदैव भारतको साथमा रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो। ती व्यक्तिहरू केवल नाम र आँकडा होइन् उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।’
उनले थपेका छन्, ‘आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ। भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।’
उनले मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेको भन्दै मधेशले विगतमा अनेकौं पीडा र संघर्ष भोगेको पनि बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया