बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पारेका छन्।
पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमालेजस्ता बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा नजाने दाबी गरे। उनले ०८४ पछि आफ्नै बलबुतामा सरकारको नेतृत्व लिने बताए।
प्रचण्डले वर्तमान सरकार बिचौलियाहरूले बनाइदिएको आरोप लगाउँदै आफ्नो कुकर्मले सरकार ढल्ने जिकीर गरे। उनले अहिलेको सरकारले नराम्रो भन्दा कुनै काम नगरेको दाबी गर्दै दुई तिहाइको सरकार भएर पनि डरले रुझेको बिरालो जस्तो बनेको टिप्पणी गरे।
उनले भने, ‘यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने एउटा पनि गरेन। सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ। सरकार डरले रुझेको बिरालो भएको छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया