बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत-पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरू आउन थालेका छन्। सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस्। क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो। झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो।’
साथै उनले आतंकको कालो बादल यो क्षेत्रबाट सधैंको लागि समाप्त हुन सक्नुपर्ने सुझाव दिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया