बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा करिब साढे तीन वर्षपछि राप्रपाको कार्यालय धुम्बाराही फर्केका छन्।
जेठ १५ गतेको राजावादी प्रदर्शनको तयारीका लागि उपत्यकाका अगुवा कार्यकर्ताहरूसँगको छलफलका लागि थापा धुम्बाराही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए।
लिङदेनले थापासँगको तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्।
पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुधारको क्रममा देखिएको छ। वैशाख १५ गतेको राप्रपा नेपालको विरोध सभामा लिङदेन थापाको निम्तो स्वीकार्दै पुगेका थिए।
कमल थापा तीनै हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेन निर्वाचित भएपछि पूर्वराजाको हस्तक्षेप रहेको भन्दै पार्टी नै फुटाएका थिए। केही समय आफूलाई गणतन्त्रवादी नै बताउँदै एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनसमेत लडेका थिए।
अन्ततः घुमिफिर थापा फेरि राजावादी क्याम्पमा पुगेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया