बिएल संवाददाता
म्यान्मारको सत्तासीन ‘जुन्ता’ सेनाले एउटा विद्यालयमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मारिनेमध्ये २० जना स्कुले बालबालिकाहरू छन्।
ओइ थेइन क्वीन गाउँमा रहेको एउटा विद्यालयमा उक्त आक्रमण भएको थियो। माण्डलेदेखि लगभग १५ किलोमिटर नजिकै रहेको यो म्यान्मारको दोस्रो ठूलो सहर नजिकैको गाउँ हो। याे भारतीय सिमाना नजिकै पर्छ।
अघिल्लो महिनामात्रै भूकम्पले थिलोथिलो भएको म्यान्मारमा क्रुर सैनिक शासकले स्थानीयमाथि आक्रमण गर्न छोडेका छैनन्।
सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गरेर त्यहाँ सैन्य कु भएको थियो। त्यसयता सैनिक शासन छ र त्यसविरुद्ध स्थानीयले पनि मोर्चा बनाएर लडिरहेका छन्।
यो आक्रमणबारे सैनिक शासकले कुनै प्रतिक्रिया जनाएका छैनन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया