बिएल संवाददाता
म्यान्मारको सत्तासीन ‘जुन्ता’ सेनाले एउटा विद्यालयमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मारिनेमध्ये २० जना स्कुले बालबालिकाहरू छन्।
ओइ थेइन क्वीन गाउँमा रहेको एउटा विद्यालयमा उक्त आक्रमण भएको थियो। माण्डलेदेखि लगभग १५ किलोमिटर नजिकै रहेको यो म्यान्मारको दोस्रो ठूलो सहर नजिकैको गाउँ हो। याे भारतीय सिमाना नजिकै पर्छ।
अघिल्लो महिनामात्रै भूकम्पले थिलोथिलो भएको म्यान्मारमा क्रुर सैनिक शासकले स्थानीयमाथि आक्रमण गर्न छोडेका छैनन्।
सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गरेर त्यहाँ सैन्य कु भएको थियो। त्यसयता सैनिक शासन छ र त्यसविरुद्ध स्थानीयले पनि मोर्चा बनाएर लडिरहेका छन्।
यो आक्रमणबारे सैनिक शासकले कुनै प्रतिक्रिया जनाएका छैनन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया