बिएल संवाददाता
बहुचर्चित ‘होली वाइन’ काण्डका सूत्रधार तथा एमाले सांसद एकनाथ ढकालले एकाएक सक्रियता बढाएका छन्।
क्रिश्चियन धर्म प्रचारक उनी एमालेबाट सांसद भएपनि नेपाल परिवार दलका अध्यक्ष हुन्। विवादित आईएनजीओ ‘युनिभर्सल पिस फेडरेसनका संस्थापक ढकाललाई राजनीतिक वृत्तमा ‘व्यक्ति एक, उपमाचाहिँ अनेक’ भनेर उडाइन्छ।
उनै ‘होली वाइन’ ढकालले काठमाडौंमा एकहुल विदेशी सांसद जम्मा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेका छन्। ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ अर्थात् ‘आईएससी’का सहभागीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गर्ने घोषणा गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएको उनको सचिवालयले जनाएको छ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा. मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका आईएससीका सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी थिए।
यस्तै, आईएससीका नवनियुक्त महासचिव उनै ढकाललाई प्रधानमन्त्री ओलीले विदेशी सांसदसामु खूब प्रशंसा गरेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया