बिएल संवाददाता
बहुचर्चित ‘होली वाइन’ काण्डका सूत्रधार तथा एमाले सांसद एकनाथ ढकालले एकाएक सक्रियता बढाएका छन्।
क्रिश्चियन धर्म प्रचारक उनी एमालेबाट सांसद भएपनि नेपाल परिवार दलका अध्यक्ष हुन्। विवादित आईएनजीओ ‘युनिभर्सल पिस फेडरेसनका संस्थापक ढकाललाई राजनीतिक वृत्तमा ‘व्यक्ति एक, उपमाचाहिँ अनेक’ भनेर उडाइन्छ।
उनै ‘होली वाइन’ ढकालले काठमाडौंमा एकहुल विदेशी सांसद जम्मा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको मन जितेका छन्। ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ अर्थात् ‘आईएससी’का सहभागीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गर्ने घोषणा गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएको उनको सचिवालयले जनाएको छ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा. मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका आईएससीका सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी थिए।
यस्तै, आईएससीका नवनियुक्त महासचिव उनै ढकाललाई प्रधानमन्त्री ओलीले विदेशी सांसदसामु खूब प्रशंसा गरेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया