बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूविरुद्ध आलोचना गर्ने ४ वडाध्यक्षहरूको जिम्मेवारी खोसेका छन्।
कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी तोकेका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउन भूमिका खेलेका र आफ्नो आलोचना गरेका वडाध्यक्षहरू बालेनको निशानामा परेका हुन्।
जिम्मेवारी गुमाउनेमा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर सूचना प्रविधि समिति र महानगर प्रवक्ताबाट हटेका छन्। उनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति भित्रिएका छन्।
यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समिति, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समिति र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिबाट बाहिरिएका छन्।
सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा उपनिर्वाचनमा वडा नम्बर १६ मा रास्वपाबाट निर्वाचित अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया