बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन्।
शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए।
उनले ‘हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको’ भन्दै हिमालहरू विश्वकै साझा चिन्ताको विषय भएको बताए।
उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ। यसले हाम्रो मनको कुरा भन्छ। हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन। यो त हाम्रो दैनिक यथार्थ हो तर, केवल हाम्रो मात्र होइन, विश्वकै साझा चिन्ताको विषय हो। के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ?, हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ।’
जलवायु परिवर्तनमा नेपाल कम जिम्मेवार भएपनि हिमनदीहरू पग्लिने, वर्षा अनिश्चित बन्दै जाने, पहिरोहरूले घर बगाउने, बाढी र खडेरी अकस्मात आउने जस्ता कार्यले यसको सबैभन्दा कठोर परिणाम भोगिरहेको उनले बताए।
उनले भने, ‘जलवायु परिवर्तन अब सामान्य खतरा रहेन, यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो। यसले सबै थोकलाई लपेट्छ- हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि, कुनै पनि राष्ट्र यसबाट अछुतो छैन, कुनै पनि समाज पूर्ण सुरक्षित छैन। तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन्। गरिब, अत्यन्त असुरक्षितहरू, हिमाली र कम विकसित राष्ट्रहरू, नेपाल पनि तीमध्ये एक हो। यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं। हिमनदीहरू पग्लिरहेका छन्, वर्षा अनिश्चित बन्दै गइरहेको छ। पहिरोहरूले घर(बास बगाइरहेका छन्, बाढी र खडेरी अकस्मात आउँछन्।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया