बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङ्गल पस्न भन्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा ‘सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेहरू दण्डित हुनुपर्छ’ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको आरोप लगाए।
‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔं। राप्रपा लगायत हिन्दुराज्य, राजसंस्था मान्छु भन्नेहरूले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरू देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरू यसरी प्रताणित हुनुपर्छ भने विद्रोहमा जान्छौं। विद्रोहमा जाऔं, जङ्गल पस भन्नुपर्यो,’ उनले भने।
उनले सरकारले निरन्तर संविधान उल्लघन गरेको भन्दै राजसंस्था, हिन्दुसस्था मान्छु भन्दा रविन्द्र मिश्र लगायतलाई अपमानपूर्वक प्रहरी खोरमा राखिएको भन्दै आपत्ति जनाए।
‘यो अत्यन्तै दुखद र मानवअधिकार विरुद्ध, मानव हक अधिकारको विरुद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट भएको क्रियाकलाप घोर भत्सना गर्दछु,’ उनले भने।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया