बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल एमालेसँग मिलेर बाम एकता सम्भव नरहेको टिप्पणी गरेका छन्।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले अहिले तत्काल र ०८४ को चुनावसम्म पनि वामपन्थी एकताको सम्भावना नरहेको बताए।
उनले आफूले यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भनेको जिकीर गरे।
उनले भने, ‘हामीले पहिलै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो, प्रस्ताव गरेको पनि हो, एकता भएको पनि हो तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको हो तर नराम्रोसँग धोका खाइयो, पार्टीले मात्र होइन, नेपाली जनतालाई पनि धोका भयो, त्यसकारण इनफ इज एनफ।’
उनले अहिले पार्टीको ध्यान सरकार ढलाउनेतिर नभएको तर सरकार गलत बाटोतर्फ हिँडिरहेकोमा चिन्ता लागिरहेको बताए।
त्यस्तै उनले ओली सरकारले आलोचकहरूलाई जति इमान्दार भए पनि फसाउने र नजिककालाई जसरी भएपनि बचाउने गरी लागेको आरोप लगाए।
उनले भने, ‘सरकारले सुशासनका हामीले सुरु गरेका कामहरूलाई भत्काउनतिर लागेको छ राम्रो काम गर्नेलाई दण्डित गर्दैछ नराम्रो काम गर्नेलाई पुरस्कृत गर्दैछ। उल्टो बाटो हिंडेकोमा हामी चिन्तित छौं र सरकारलाई खबरदारी पनि सुरुदेखि गरेका छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया