बिएल संवाददाता
हुलाकी सडक नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
भण्डारीले आफ्नो सरकारी हैसियत दुरुपयोग गरी विभिन्न ठेक्कापट्टामा भ्रष्टाचारजन्य कार्यगरी अकुत सम्पति कमाई भष्टाचार निवारण ऐन २०५९ को गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै डिल्लीराम खनालले अख्तियारमा उजुरी दिएका हुन्।
विभिन्न सडक आयोजनाहरूको गुणस्तर र परिणाम कायम नगरी ठेकेदारसँगको मिलेमतोमा ठेक्का सम्झौता भन्दा बढी भुक्तानी दिएको, सडक निमार्ण नै नगरी रकम भुक्तानी दिएबापत घुस लिइ भ्रष्टाचारजन्य गरेकोमा उनीविरुद्ध यसअघि नै अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि हालसम्म छानबिन नगरिएको खनालको उजुरीमा उल्लेख छ।
प्रमुख भण्डारीविरुद्ध निर्माण कम्पनीसँगको मिलेमतोमा गैरकानुनी ठेक्का लगाइ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
निवेदनमा भनिएको छ, ‘निजकोमा आउने घुसबापतको रकम जाने खाताका नामहरु हरि निर्माण सेवा कालिकोट, निजको ई. कृष्ण पाण्डेको श्रीमतीको नामको फर्मबाट, नारायण निर्माण सेवा बांके, जय बहादुर खत्रिको नामको फर्मबाट, वेष्टर्न सिबल ल्याव कोहलपुर बांके, निजको श्रिमती लगायतकाको नामको फर्मबाट, सुवाकोटी सप्लायर्स दाङ निजको श्रिमतिको नामको फर्मबाट, भेरेटाररुमा निजको श्रिमतिको सेयर रहेको होटेलमा धनकुटाबाट, महेश निर्माण सेवा पन्देहि, मनोज खनालको नामको फर्मबाट, युनाईटेड साईन जुम्ला, जिवन रोकायाको नामको फर्मबाट घुस लिने खाने गरेको छ।’
भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको पनि उजुरीपत्रमा उल्लेख छ।
उजुरीमा भनिएको छ, ‘भ्रष्टाचार गरेर निजले काठमाडौं, पोखरा बुटवल, लमही दाङ, तुल्सिपुर दाङ, कोहलपुर बांके, नेपालगन्ज बांके, धरान, धनकुटा लगायतका स्थानमा करिब २५ करोड भन्दा बढिको सम्पति आर्जन गरेको छ। त्यसैगरि सो घरजग्गाहरू केहि आफनो नाममा केहि श्रीमतिको नाममा केहि दिदिबहिनीको नाममा र केहि पार्टनरको नाममा गरेको पाईएको छ।’
भण्डारीले हालसालै च्यासल ललितपुरमा १४ करोडमा जग्गा खरिद गरी घर निर्माण सुरु गरेका दाबी उजुरीमा छ। यसवाहेक उनका साला-साली, सासु-ससुरा नाताका व्यक्ति तथा पार्टनरका परिवारमा समेत घुस रकम लुकाएका खनालको उजुरीमा दाबी गरिएको छ।
भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका भण्डारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न उजरीमा माग गरिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया