बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।
शर्मा शुक्रबार दिउँसो देउवालाई भेट्न उनको निवासमा पुगेका थिए। भेटबारे शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताएका छन्।
उनले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल।’
आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई डडेलधुराबाटै फोन गरेका थिए।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले त्यहीँबाट देउवालाई फोन गरेका थिए।
प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवालाई आफूले डडेलधुरा आइपुगेको जानकारी गराएको र देउवाले स्वागत गरेको बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया