बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।
शर्मा शुक्रबार दिउँसो देउवालाई भेट्न उनको निवासमा पुगेका थिए। भेटबारे शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताएका छन्।
उनले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल।’
आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई डडेलधुराबाटै फोन गरेका थिए।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले त्यहीँबाट देउवालाई फोन गरेका थिए।
प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवालाई आफूले डडेलधुरा आइपुगेको जानकारी गराएको र देउवाले स्वागत गरेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया