बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरू मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन्।
शनिबार ३२ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन्।
उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए।
उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो- जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङ्कुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिँदैन। यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्वीकार गरेका थिए। फलस्वरुप बीपी बाचुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन। पछिल्लो ०६२/६३ बामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङ्कुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो। यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ। किताबको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया