बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन्।
‘जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताएका हुन्।
‘यो क्षेत्रको आर्थिक विकासका निम्ति ठुलो परियोजनाको रुपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना झण्डै साढे सात सय मेगावटको परियोजना हाम्रै पार्टीका उर्जामन्त्री पोष्टबहादुर बोगटी हुनुभएको बेलामा भएको हो। सेती परियोजनालाई अगाडि बढाउन चिनियाँ कम्पनीसँग पनि उहाँले सम्झौता गर्नुभएको थियो। तर त्यो पछि रद्ध गरियो। पश्चिम सेती जलविद्युत परियोजना अगाडि बढाउन हाम्रो पार्टी गम्भीर छ। त्यसलाई कुनै न कुनैरुपले सम्पन्न गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौ,’ उनले भने।
त्यस्तै प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए।
उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइँसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ। अहिले यो सम्पन्न हुँदैछ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया