बिएल संवाददाता
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणको निर्देशक हितेन्द्र शाक्यलाई सान्त्वना दिँदै उनी काबिल र इमान्दार कर्मचारी भएको बताएका छन्।
पछिल्लो समय हितेन्द्र पाधिकरणको नेतृत्वमा आएसँगै विद्युत जाने समस्या बढेपछि उनीविरुद्ध सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। आलोचना बढेपछि हितेन्द्रले पनि पत्रकार सम्मेलन गर्दै खण्डन गरिरहेका छन्। यस्तैमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले पनि शाक्यलाई सान्त्वना दिएका हुन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै रिमालले बलेको बत्तीमुनी बसेर पोस्ट गर्दै बिजुली गयो भन्ने भाष्य बनाइन थालेको भन्दै हितेन्द्रलाई सजग रहन भनेका हुन्।
उनले भनेका छन्, ‘सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’
त्यस्तै समाजमा राम्रा काम गर्नेहरूको चर्चा सामाजिक सञ्जालमा नहुँने भन्दै उनले हितेन्द्रलाई काम गर्नमा मात्र ध्यान दिन सुझा दिएका छन्।
उनले भनेका छन्, ‘काम गर्नुस्, तर ध्यान दिनुस्- कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्। कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।’
यस्तो छ रिमालको पोस्ट-
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया