बिएल संवाददाता
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको अनियमितता, त्रुटि र भ्रष्टाचार छानबिन गर्न गठित छानबिन उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाण तोकिएकी छन्।
आइतबार बसेको बैठकले खाणलाई उपसमिति संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
यसअघि उक्त उपसमिति संयोजकमा एमाले सांसद योगेश भट्टराई थिए। विमानस्थल निर्माणमा भएको अनियमितता माथि छानबिन नै नगरी प्रतिवेदन तयार पारेको भन्दै आलोचना भएपछि भट्टराई जिम्मेवारीबाट हटेका थिए।
उनी हटेपछि मञ्जु खाण उपसमितिमा चुनिएकी हुन्। उनी भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाणकी कान्छी श्रीमती हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया