बिएल संवाददाता
काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
आइतबार सुरेशकी श्रीमति सुजनी मगिया लगायतले उनको रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन्।
‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमानको रहस्यमय र शंकासपद अवस्थामा निधन भएको थियो। उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ। र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु। र शिघ्र न्यायको माग गर्दछु।’ निवेदनमा भनिएको छ।
त्यस्तै निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घट्नालाई अनुसन्धान भन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएर आयोगले काम गरेको बताइन्। अनुसन्धानको सबै पाटो सकिएको भन्दै उनले अब एक दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्ने समेत जानकारी गराइन्।
उनले भनिन्,‘अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्तासमेत गरिसकेको छौं। एक/दुई दिनमा यो कुराहरू हामी मिडियामा लिएर आउनेछौं। हामीले के देख्यौं के पायौं भनेर।’
त्यस्तै उनले यस घट्नामा आयोगले बाहिरबाट दुईजना विज्ञसमेत ल्याएर अनुसन्धान गरेको जानकारी दिईन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया