बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सभापति रवि लामिछानेले ३४ दिनमात्रै गृह मन्त्रालय सम्हाल्दा सबै तस्करहरू नियन्त्रणमा लिएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताएका हुन्।
उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ- जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन्। तर त्यसपछिका गृहमन्त्रीहरू तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन्। यो हो हामीले गर्ने स्टन्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृहमन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो?’
उनले न्यायलयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए। उनले न्यायलयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहिँकतै नरहेको बताए।
उनले भने, ‘आज न्यायलयहरूले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायलयप्रतिको विश्वास कमजोर भइरहेको छ। न्यायलयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया