बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरूले ‘वर्तमान सरकारले केही गरेन’ भन्ने भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरू चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरू गरी अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरूबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए।
उनले भने, ‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरू गरी अगाडि बढिरहेको छ। तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरू आइरहेका छन्। गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो। यो संसदमा पनि यस्ता प्रवृत्तिहरू देखिरहेका छौं। जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरू, जादुवाला नम्बर भएकाहरूबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो।’
यस्तै, उनले एमाले र कांग्रेसको सरकारले केही गरेन भन्दै गर्दा अहिलेका विपक्षीहरू सरकारमा हुँदा भएका कामहरूको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया