बिएल संवाददाता
प्रधानमन्त्री केपी ओलीले हालको निर्वाचन पद्धतिमा कुनै एक दलले बहुमत ल्याउन मुस्किल भएपनि ०८४ को चुनावमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव नरहेको दाबी गरेका छन्।
सोमबार एमालेनिकट उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेका लागि बहुमत ल्याउँन सम्भव रहेकाले मिसन ०८४ मा एमालेको बहुमत ल्याउने तयारीमा जुटिरहेको बताए।
ओलीले भने, ‘हामीले अहिले यो प्रणाली चुनिसकेका छौं। अहिले यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्छ। चुनौतीपूर्ण भएपनि एमालेका लागि सम्भव छ। त्यसैले हामीले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउने तयारीमा जुटिरहेका छौं।’
उनले देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउन एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने जिकीर गरे।
त्यस्तै उनले सामाजिक सञ्जालमा एमालेविरोधीहरू देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तिव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरूले गलत प्रचार गरिरहेका आरोप लगाए।
उनले भने, ‘अहिले हामीमाथि प्रहार भइरहेको छ। हामीले त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया