बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउन कुनै चासो नभएको बताएकी छन्।
सोमबार आफूले लेखेको पुस्तक ‘करुणा’बारे आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र? भन्दै प्रश्न गरिन्। उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरू पनि गुम्ने संकेत गरिन्।
उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरूका प्रश्न आएका छन्। यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन। मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन। अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र? के पाउछु र? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु। जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला।’
यस्तै, उनले ‘केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो’ भन्ने कता-कता प्रश्न गरेको सुनेको पनि बताइन्। ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन। आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’ उनले भनिन्।
उनले भनिन्, ‘मलाई धेरै मान्छेहरूले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु। तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन। म आफैंले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन। म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ। कुन ठिक, कुन बेठिक भन्ने कुरा बुझेकी छु। ति सबै कुरा किताबमार्फत व्यक्त गरेकी छु।’
उनले सबैलाई आफूलाई लागेको कुरा व्यक्त गर्ने अधिकार रहेको उल्लेख गर्दै भनिन्, ‘म राजनीतिमा आउँला कि, यसो-उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया