बिएल संवाददाता
म्याग्दीको रघुगंगा गाउँपालिका-३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।
सोही ठाउँका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया