बिएल संवाददाता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
ओलीलाई भेट्न सभापति देउवा मंगलबार मध्याह्न बालुवाटार पुगेका हुन्। सोमबारको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी भएपनि ओलीले अन्तिम समयमा बैठक नै स्थगित गरेका थिए। लगत्तै ओलीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन्।
ओलीले हिजो पनि देउवासँग भेट्ने तयारी गरेका थिए तर, देउवा ओली भेट्न गएनन्। आजको भेटमा दुई नेताबीच गभर्नर नियुक्तिकै विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो।
यता प्रधानमन्त्री ओली अस्वस्थ भन्दै संसद बैठकमा सहभागी भएनन्। प्रधानमन्त्री नजाने भएपनि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको छ।
बालुवाटार स्रोतका अनुसार स्रोतका अनुसार ओली हिजोदेखि नै अस्वस्थ छन्। यद्यपि उनको स्वस्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ।
स्रोतले भन्यो, ‘हिजैदेखि अलि अस्वस्थ हुनुहुन्छ। सामान्य नै हो अवस्था, आत्तिनुपर्ने केही छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया