बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।
मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी ओलीले बैठक आह्वान गरेका हुन्।
आजै दिउँसो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरूबीच गभर्नर नियुक्तिबारे निर्णायक छलफल भएको थियो। छलफल लगत्तै प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका उनको सचिवालयले बताएको छ।
यता अर्थमन्त्री गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरिसकेका छन्। समितिको बैठक आजै अपराह्न बस्दै छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ।
समितिले सिफारिस गर्ने बित्तिकै मन्त्रिपरिषद बैठक बस्नेछ। समितिले सिफारिस गरेका तीनजनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्त गर्नेछ।
सत्तारुढ दलभित्रै कुरा नमिल्ला लामो समयदेखि गभर्नर सिफारिसको विषय पेचिलो बनिरहेको थियो। आज मात्र ओली र देउवाबीच निर्णायक छलफल भएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया