बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।
मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी ओलीले बैठक आह्वान गरेका हुन्।
आजै दिउँसो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरूबीच गभर्नर नियुक्तिबारे निर्णायक छलफल भएको थियो। छलफल लगत्तै प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका उनको सचिवालयले बताएको छ।
यता अर्थमन्त्री गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरिसकेका छन्। समितिको बैठक आजै अपराह्न बस्दै छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ।
समितिले सिफारिस गर्ने बित्तिकै मन्त्रिपरिषद बैठक बस्नेछ। समितिले सिफारिस गरेका तीनजनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्त गर्नेछ।
सत्तारुढ दलभित्रै कुरा नमिल्ला लामो समयदेखि गभर्नर सिफारिसको विषय पेचिलो बनिरहेको थियो। आज मात्र ओली र देउवाबीच निर्णायक छलफल भएको थियो।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया