बिएल संवाददाता
नेपाल राष्ट्र बैंकको गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेल पक्का भएका छन्।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा पौडेललाई नै गभर्नर बनाउने सहमति जुटेको विश्वस्त स्रोतले बतायो।
सत्तारुढ दल कांग्रेस-एमालेबीच नै कुरा नमिल्ला लामो समयदेखि गभर्नर सिफारिसको विषय पेचिलो बनिरहेको थियो। ओली-देउवाबीचको निर्णायक छलफलपछि गभर्नरमा पौडेलको नाम फाइनल भएको हो।
प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिका लागि मंगलबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।
त्यस्तै अर्थमन्त्री गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले पनि समितिको बैठक आह्वान गरिसकेका छन्। समितिको बैठक आजै अपराह्न बस्दै छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ।
समितिले सिफारिस गर्ने बित्तिकै मन्त्रिपरिषद बैठक बस्नेछ। समितिले सिफारिस गरेका तीनजनामध्येबाट मन्त्रिपरिषदले एकजनालाई गभर्नरमा नियुक्त गर्नेछ। तर, यी सबै औपचारिक प्रक्रिया पूरा गर्नका लागि मात्रै हुनेछ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया