बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ भइरहेको हो। यसअघि पटकपटक हेर्न नमिल्नेमा परेको रविको रिटमा आज भने सुनुवाइ भएको हो।
रविका कानुन व्यवसायीहरूले आजै आदेश आउनसक्ने सम्भावना रहेको बताएका छन्। सर्वोच्चले जिल्लाको फैसला सदर गर्दै उच्चको फैसला बदर गर्नेमा रविका कानुन व्यवसायीहरू ढुक्क देखिएका छन्।
यदि जिल्लाकै आदेश सदर भएका लामिछाने जिल्लाकै धरौटीका आधारमा थुनामुक्त हुनेछन्। तर, उच्चकै फैसला सदर भएमा उनको कारागार बसाइ लम्बिने छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया