बिएल संवाददाता
सर्वोच्च अदालतले गभर्नर बन्ने चर्चामा रहेका डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ।
दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो। योसँगै पौडेललाई गभर्नर बन्ने बाटो तत्काललाई खुलेको छ।
गभर्नर बन्ने चर्चामा रहेका विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य रहेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो।
अब उनी गभर्नर नियुक्ति भएको खण्डमा मात्र उनको योग्यतामाथि मुद्दा दायर हुनसक्ने कानुनका जानकारहरू बताउँछन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया