बिएल संवाददाता
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा माइक हानाहान भएको छ।
बुधबार बिहान साढे ७ बजेका लागि बोलाइएको बैठक सकिनै लाग्दा समिति सदस्य माओवादी सांसद कल्पना मियाँ कुसारी टुप्लुक्क पुगेपछि स्थिति नोकझोकमा परिणत भएको थियो।
स्रोतका अनुसार बैठकमा पुग्नेबित्तिकै कुसारीले बोल्न खोजेपछि सभापति किरणकुमार साहले रोकेका थिए। उनले समय लिएर मात्र बोल्न भनेपछि सांसद कुसारी आक्रोशित बनेकी थिइन्।
कुसारीलाई सभापति साहले ‘ढिला आउने अनि कसको अनुमतिले बोल्न खोजेको?’ भन्दै थर्काएका थिए।
समितिबाट यस वर्ष भएका अनुगमनहरू प्रभावकारी नदेखिएको, आफू निकट सांसदहरूलाई मात्रै प्राथमिकता दिएको भन्दै चर्काचर्की सुरु भएको थियो।
सभापतिले आफैं ढिला आउने अनि ठूला कुरा गर्ने भन्दै थर्काएपछि कुसारीले झर्किँदै माइक फ्याकेको त्यहाँको अवस्थाबारे उल्लेख गर्दै एक सांसदले भने।
कुसारीले झर्किँदै सभापतितर्फ हातमा बोकेको माइक फ्याँकेकी थिइन्। माइक सभापतिको नेमप्लेटमा ठोक्कियो। कसैलाई चोटपटक भने लागेन।
सांसद कुसारीले भने समितिको अभिभावकले रिस देखाएपछि आफूले पनि रिसको बदलामा रिस देखाएको प्रतिक्रिया दिएकी छन्।
सभापति साहले पनि कुसारीले माइक फ्याँकेको स्वीकार गरेका छन्। तर, माइक भने अन्य माननीय भएतिर फ्याँकिएको तर, आफ्नो नामप्लेटमा ठोक्किएको उनले बताएका छन्।
सभापति साहले माइकमा भएको क्षति हेर्न सचिवालयलाई निर्देशन दिइसकेको र घटनाको बारेमा छानबिन गरेर संलग्न सांसदलाई कारबाही गरिने बताएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया