बिएल संवाददाता
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा माइक हानाहान भएको छ।
बुधबार बिहान साढे ७ बजेका लागि बोलाइएको बैठक सकिनै लाग्दा समिति सदस्य माओवादी सांसद कल्पना मियाँ कुसारी टुप्लुक्क पुगेपछि स्थिति नोकझोकमा परिणत भएको थियो।
स्रोतका अनुसार बैठकमा पुग्नेबित्तिकै कुसारीले बोल्न खोजेपछि सभापति किरणकुमार साहले रोकेका थिए। उनले समय लिएर मात्र बोल्न भनेपछि सांसद कुसारी आक्रोशित बनेकी थिइन्।
कुसारीलाई सभापति साहले ‘ढिला आउने अनि कसको अनुमतिले बोल्न खोजेको?’ भन्दै थर्काएका थिए।
समितिबाट यस वर्ष भएका अनुगमनहरू प्रभावकारी नदेखिएको, आफू निकट सांसदहरूलाई मात्रै प्राथमिकता दिएको भन्दै चर्काचर्की सुरु भएको थियो।
सभापतिले आफैं ढिला आउने अनि ठूला कुरा गर्ने भन्दै थर्काएपछि कुसारीले झर्किँदै माइक फ्याकेको त्यहाँको अवस्थाबारे उल्लेख गर्दै एक सांसदले भने।
कुसारीले झर्किँदै सभापतितर्फ हातमा बोकेको माइक फ्याँकेकी थिइन्। माइक सभापतिको नेमप्लेटमा ठोक्कियो। कसैलाई चोटपटक भने लागेन।
सांसद कुसारीले भने समितिको अभिभावकले रिस देखाएपछि आफूले पनि रिसको बदलामा रिस देखाएको प्रतिक्रिया दिएकी छन्।
सभापति साहले पनि कुसारीले माइक फ्याँकेको स्वीकार गरेका छन्। तर, माइक भने अन्य माननीय भएतिर फ्याँकिएको तर, आफ्नो नामप्लेटमा ठोक्किएको उनले बताएका छन्।
सभापति साहले माइकमा भएको क्षति हेर्न सचिवालयलाई निर्देशन दिइसकेको र घटनाको बारेमा छानबिन गरेर संलग्न सांसदलाई कारबाही गरिने बताएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया