बिएल संवाददाता
सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ।
बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए।
उनले भने, ‘म आरोप लगाउन त चाहन्न, तर तपाईंहरूको पार्टीको प्रधानमन्त्री हुनुहुन्छ, लेखा समितिको सदस्य पनि तपाईंहरूको पार्टीकै हुनुहुन्छ अनि फरक मत पनि, पुरक प्रश्न पनि तपाईंहरू नै राख्नुहुन्छ। तपाईंहरू सिधा रुपमा गिजोलि राख्नुभएको छ। अनि प्रश्न उठ्दैन त?’
सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए।
एमालेबाट गोकुल बास्कोटा र योगेश भट्टराईले आक्रोश पोखिरहँदा एकीकृत समाजवादी पार्टीका सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि आक्रोश पोखेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया