बिएल संवाददाता
सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले सो निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ।’
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि आएको विषयहरू सचिवालयले ड्राफ्ट बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी गराए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया