बिएल संवाददाता
अमेरिकाको वाशिंटन डीसीमा इजरायली दूतावासका कर्मचारी जोडीको गोली हानी हत्या गरिएको छ।
डीसी शहरमा रहेको यहूदी संग्रहालय बाहिर स्थानीय समयअनुसार बुधबार राति ९ बजेर ५ मिनेटमा गोलीकाण्ड भएको थियो। गोलीकाण्ड भएको स्थान एफबीआईको वाशिंगटन फिल्ड कार्यालयसहित धेरै पर्यटकीय स्थलहरू, संग्रहालयहरू र सरकारी भवनहरू भएको क्षेत्रमा पर्छ।
आक्रमणपछि आक्रमणकारीले ‘स्वतन्त्र, स्वतन्त्र प्यालेस्टाइन’ भन्दै चिच्याएका प्रहरीले त्यहाँको महानगरीय प्रहरीले जनाएको छ। पीडित जोडी आक्रमणको समयमा क्यापिटल यहूदी संग्रहालयमा भएको कार्यक्रमबाट सहभागी भएर बाहिर निस्किएका थिए। प्रहरीका अनुसार हत्या पूर्व योजना बमोजिम भएको देखिन्छ।
महानगरीय प्रहरी विभाग प्रमुख पामेला स्मिथका अनुसार शिकागोका ३० वर्षीय संदिग्ध इलियास रोड्रिगेज हत्याको आरोपमा पक्राउ परेका छन्।
आफ्ना कर्मचारीको हत्यापछि अमेरिकाका लागि इजरायली राजदूत येचियल लेटरले पत्रकार सम्मेलन गर्दै मारिएका जोडी इन्गेजमेन्टको योजनामा रहेका बताएका छन्।
मृत पुरुष कर्मचारीले यसै हप्ता आफ्नी पार्टनरका लागि इन्गेनमेन्ट रिङसमेत किनिसकेका थिए। राजदूतका अनुसार उनी निकट भविष्यमै जेरुसेलमको यात्रमा जाने र विवाहको प्रस्ताव गर्ने योजनामा थिए।
मृतकहरूको पहिचान गोप्य राखिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया