बिएल संवाददाता
अमेरिकाको वाशिंटन डीसीमा इजरायली दूतावासका कर्मचारी जोडीको गोली हानी हत्या गरिएको छ।
डीसी शहरमा रहेको यहूदी संग्रहालय बाहिर स्थानीय समयअनुसार बुधबार राति ९ बजेर ५ मिनेटमा गोलीकाण्ड भएको थियो। गोलीकाण्ड भएको स्थान एफबीआईको वाशिंगटन फिल्ड कार्यालयसहित धेरै पर्यटकीय स्थलहरू, संग्रहालयहरू र सरकारी भवनहरू भएको क्षेत्रमा पर्छ।
आक्रमणपछि आक्रमणकारीले ‘स्वतन्त्र, स्वतन्त्र प्यालेस्टाइन’ भन्दै चिच्याएका प्रहरीले त्यहाँको महानगरीय प्रहरीले जनाएको छ। पीडित जोडी आक्रमणको समयमा क्यापिटल यहूदी संग्रहालयमा भएको कार्यक्रमबाट सहभागी भएर बाहिर निस्किएका थिए। प्रहरीका अनुसार हत्या पूर्व योजना बमोजिम भएको देखिन्छ।
महानगरीय प्रहरी विभाग प्रमुख पामेला स्मिथका अनुसार शिकागोका ३० वर्षीय संदिग्ध इलियास रोड्रिगेज हत्याको आरोपमा पक्राउ परेका छन्।
आफ्ना कर्मचारीको हत्यापछि अमेरिकाका लागि इजरायली राजदूत येचियल लेटरले पत्रकार सम्मेलन गर्दै मारिएका जोडी इन्गेजमेन्टको योजनामा रहेका बताएका छन्।
मृत पुरुष कर्मचारीले यसै हप्ता आफ्नी पार्टनरका लागि इन्गेनमेन्ट रिङसमेत किनिसकेका थिए। राजदूतका अनुसार उनी निकट भविष्यमै जेरुसेलमको यात्रमा जाने र विवाहको प्रस्ताव गर्ने योजनामा थिए।
मृतकहरूको पहिचान गोप्य राखिएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया