बिएल संवाददाता
सहकारी ठगीमा अदालतबाट दोषी करार भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्।
अदालतको पूर्जीका आधारमा प्रहरीले अर्याललाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरी अपराध अनुसन्धान महाशाखा पठाएको छ। त्यहाँबाट उनलाई अदालती प्रक्रिया पूरा गराएर कारागार लगाने गरिने प्रहरीले जानकारी दिएको छ।
०७४ सालमा सोह्रखुट्टेकै दिगो पर्यटन सहकारी सस्थाबाट साढे ११ लाख ऋण लिएका अर्यालले रकम पचाउन खोजेपछि सहकारीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ऋण लिने बेलामा अर्याल आफैं सञ्चालक समितिमा थिए।
०७९ पुस ४ गते सहकारीले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले ०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो।
अदालतको फैसलापछि पनि रकम नतिरेपछि उनीविरुद्ध पक्राउपूर्जी जारी गरिएको थियो।
नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमालेको पर्यटन विभाग सदस्य समेत हुन्। हाल उनी एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया